जगतगुरु बालसन्त र नन्दकिशोरमाथि ज्यान मार्ने धम्की

बिर्तामोड । झापाको सताक्षीधाममा जारी वार्षिकोत्सव कार्यक्रमअन्तर्गतको सवा करोड रुद्राक्षजडित ५१ फिट अग्लो शिवलिङ्गमा लगाइएको चन्दनका विषयमा दुईजना धार्मिक नेतृत्वलाई ज्यान मार्ने धम्की आएको छ ।

नेपालका एक मात्र जगतगुरु बालसन्त मोहनशरण र गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजलाई ज्यान मार्ने धम्की आएको हो ।

सामाजिक सञ्जालमा नारायण सिग्देलले बालसन्त र नन्दकिशोरको ज्यान लिने धम्की दिएका हुन् । उनले आफ्नो सामाजिक सञ्जालको पेजमा लेखेका छन् ‘बालसन्त र नन्दकिशोरलाई बचाउने कोही भए राति नै भगाए हुन्छ । भोलि म सताक्षीधाम आउनेछु । कि मर्छु कि मार्छु ।’

सिग्देलले यो धम्की बुधबार दिएका हुन् । बिहीबार आज धाम परिसरमा पुगेर दुई सन्तलाई मार्ने उनले धम्की दिएका छन् । सिग्देलको पहिचान भइसकेको प्रहरी अधिकारीले बताएका छन् ।

सामाजिक सञ्जालमै सीताराम तिम्सिनाले पनि धार्मिक गुरुहरूको नाम जोडेर सताक्षीधाममा आयोजना भइरहेको गौरक्षा महोत्सवमा असहमति प्रकट गरेका छन् ।

उनले शिवलिङ्गमा लगाइएको चन्दनको विषयलाई विवाद झिकेर सामाजिक सञ्जालमा लेखेका छन् । यसैबीच, श्री लिङ्ग पुराणका व्यासाचार्य लक्ष्मी खतिवडालाई सताक्षीधामको कार्यक्रम छोड्न दबाब आएको छ ।

केही धार्मिक गुरुहरूले फोन गरेर शंकराचार्य पीठ वेद वेदाङ्ग संस्कृत पाठशालाका प्रमुखसमेत रहेका खतिवडालाई लिङ्ग महापुराणको प्रवचन छाड्न दबाब आएको हो ।

प्रवचन नछोडे माघ १ गतेदेखि साधुटारमा आयोजना हुने अति रुद्र महायज्ञ हुन नदिने धम्की दिएको खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
201
सम्बन्धित

लोकप्रिय

लोकप्रिय