भारतबाट नेपाल भित्राउदै गरेको अवैध सुपारी नियन्त्रणमा

बिर्तामोड । झापामा प्रहरीले अवैध सुपारी नियन्त्रणमा लिएको छ । किसानको सुपारी विक्री नभइरहेको बेला प्रहरीले अवैध सुपारी नियन्त्रणमा लिएको हो ।

मंगलवार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका वडा नं. ६ पिङ्की ठ्याक हुँदै भारतबाट नेपाल तर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउदैं गरेको १२० केजी सुपारी नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ ।

१ लाख ८ हजार मुल्य बराबरको सुपारी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अवैध रुपमा सुपारी आयात गर्ने र सुपारी धनी बारे केही खुलाएको छैन ।

झापासहित विभिन्न जिल्लाका करिव १ लाख किसानले उत्पादन गरेको सुपारी विक्री हुन सकिरहेको छैन । मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रमा सुपारी विक्री नहुँदा किसान विचल्लीमा परेका छन् । ल

सरकारी तथ्याङक अनुसार सुपारी विक्री नहुँदा ९ अर्ब क्षति हुने सुपारी उत्पादक संघका अध्यक्ष निलकण्ठ तिवारीले जानकारी दिए । नेपाली सुपारीको डिएनए परीक्षण गरेर मात्रै निर्यात गर्न भनेपछि सुपारी व्यापार चौपट भएको छ । वैधानिक रुपमा सुपारीको व्यापार रोकिए पनि तस्करी भने नरोकिएको किसानको आरोप छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
138
सम्बन्धित

लोकप्रिय

लोकप्रिय