फलामको गेटले किच्दा बिर्तामोडमा एक बालकको मृत्यु

झापा । फलामको चेनगेटले किच्दा बिर्तामोडमा एक बालकको मृत्यु भएको छ ।

इलाम देउमाई नगरपालिका वडा नं. ८ घर भई हाल बिर्तामोड नगरपालिका वडा नं.१ बुद्धचोकस्थित रामकुमार आचार्यको घरमा डेरा गरी बस्ने राजकुमार राईका अन्दाजी ३ वर्षीय छोरा दिवाहाङ राईलाई खेल्ने क्रममा मंसिर १३ गते साँझ ७ बजे फलामको चेनगेटले किचेको थियो ।

घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड लगि उपचार भइरहेकोमा आज दिउँसो ३ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
151
सम्बन्धित

लोकप्रिय

लोकप्रिय