मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरे ।

त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याउँदा राप्रपाका दिनेशकुमार थन्दारले ५ सय ५५ मत ल्याए ।

त्यस्तै, समावेशी समाजवादी पार्टीका बोधनारायणी माझीले २३३, नेकपा एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्माले १४४, स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी थारूले १३०, नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास थारुले ८९, जनता समाजवादी पार्टीका सुरेशकुमार राजवंशीले ४७, मंगोल नेशनल अर्गनाइजेसनका भरत राईले ४५, जनमत पार्टीका विनोद कुमार माझीले ४२, राप्रपा नेपालका राजु मुसहरले २७, नेपाल मजदुर किसान पार्टीका प्रशुराम विश्वास थारुले २६, जनता समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरीले १८ र नेपाल समाजवादी पार्टीका रामुकुमार चौधरीले १५ मत पाए ।

२०७९ को स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।

अध्यक्षमा निर्वाचित माझी यसअघि २०७४ को निर्वाचनमा वडा नम्वर १ को वडाध्यक्ष थिए । उनले त्यो बेला मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव जितेका थिए । एक दशकभित्र तीन वटा दल फेरेका उनी पछिल्लो समय गत भदौमा माओवादी प्रवेश गरेका थिए । त्यसअघि उनी नेपाली कांग्रेसमा आवद्ध थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय