शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका भरी भोलि मंसीर १७ गते स्थानीय विदा हुने भएको छ । शिवसताक्षी नगरपालिकाले नेपालको प्रशिद्ध धार्मिक स्थल सताक्षीधाममा नेपाल कै पहिलो ५१ फिट अग्लो रुद्राक्षबाट बनेको पार्थिव शिवलिङ्गको अनावरण तथा गोरक्षा महोत्सवको उद्घाटनका लागि नगरभरी विदा स्थानीय विदा दिएको हो ।
नगरका प्रबक्ता बहादुर आङ्गबाले सताक्षीधाम नेपालकै प्रशिद्ध तीर्थ स्थल र यसले यस शिवसताक्षी नगरपालिकाको गरिमा उच्च राखेको बताए छ । उनले नगरले उक्त स्थानमा भोलिबाट हुन गोरक्षा महोत्सव र नवनिर्मित पार्थिव शिवलिङ्गको अनावरणका लागि नगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको बताए ।
एनका अनुसार नगरपालिककाले बोर्ड बैठकबाट अत्यावश्यक सेवा बाहेक नगरका सबै वडा कार्यालय, स्वास्थ कार्यालय, शैक्षिक संस्थाहरुलाई विदा दिने निर्णय गरेको छ । बालाचतुर्दशी पर्वमा नगरपालिकाले अघिल्ला वर्षहरुमा पनि विदा दिदै आएको थियो । यस पल्ट बालाचतुदर्शी पर्व शनिबार परेकाले पनि महोत्सव र शिवलिङ्ग अनावरणमा विदा दिइएको बताइएको छ ।
सताक्षीधाममा भोली १७ गतेदेखि २४ गतेसम्म गोरक्षा महोत्सव पनि सुरु हुँदैछ । उक्त स्थानमा नवनिर्मित सवा करोड रुद्राक्षबाट बनेको शिवलिङ्गको चताराधामका पिठाधिपति देवचार्य बालसन्न महाराजको बाहुलीबाट अनावरण गरिने श्री शताक्षी गोलोक गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले जानकारी दिए । उनले गोरक्षा महोत्सवको उद्घाटनमा सबैलाई आइदिन अनुरोध समेत गरेका छन् ।
नवनिर्मित पार्थिव शिवलिङ्गले सताक्षीधाममा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने देखिएको छ ।