तारकेश्वर दुर्घटना : दुई जनाको मृत्युपछि स्थिति तनावग्रस्त

काठमाडौं । तारकेश्वरको काभ्रेस्थलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ ।

ढोकामा समेत यात्रु झुण्ड्याएर तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्कतर्फ छुटेको बा ४ ख ७१११ को बस तारकेश्वर ८ लामबगरमा रोकिराखेको बा ३ क १६६६ नम्बरको गाडीमा बिहान करिब ७ बजेतिर ठोक्किएको थियो ।

बस ठोक्किएपछि ढोकामै झुण्डिन लगाएर यात्रा गर्न बाध्य पारिएका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । घाइते एक जनालाई हस्पिटल लगिएको छ।

अहिले घटनास्थलको स्थिति नियन्त्रणमा रहेको र गाडीलाई प्रहरीले स्कर्टिङ गरी बालाजु चौकी पुर्‍याएको छ । काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रतर्फको २३ नम्बर रूट नेपालकै सार्वजनिक यातायात क्षेत्रमा सबैभन्दा बदनाम छ ।

यातायात व्यवसायीहरूले मिलेमतो गरी निकै कम गाडी चलाउने, बसमा खाँदाखाँद गरी यात्रु कोच्ने, कार्यालय समयमा रूटको गाडीलाई निजी विद्यालय र कम्पनीका विद्यार्थीरस्टाफ ओसार्न लैजाने, यात्रुलाई स्टपमै अलपत्र पार्ने, जेष्ठ नागरिकरअपाङ्गता भएका र विद्यार्थीलाई भाडा सहुलियत नै नदिने, यात्रुलाई दूर्व्यवहार गर्ने लगायत समस्या सो रूटमा यथावत्‌ छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
185
सम्बन्धित

लोकप्रिय

लोकप्रिय