झापा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठपारायण तथा हवनात्मक महायज्ञमा धामको अक्षयकोषका लागि आर्थिक सहयोग गर्ने भक्तहरूको संख्या दैनिक बढिरहेको छ।
धामको अक्षयकोषका लागि हालसम्म १५ लाख २८ हजार ८१ रूपैयाँ सहयोग प्राप्त भएको प्रचारप्रसार संयोजक निरज ओलीले जानकारी दिए। हालसम्म दीनबन्धु गोयल भद्रपुरबाट २ लाख ११ हजार, मनिष सोमानी कोलकताबाट २ लाख ७५ हजार प्राप्त भएको छ ।
यसैगरी, चन्द्रकला भण्डारी, राधा तथा पृथ्वी बुढाथोकी अर्जुनधारा, मनोज सञ्जय चौधरी, नारायणबहादुर बस्नेत गौरादह ७, जयनारायण ढुंगानाबाट जनही १ लाख ११ हजार १११, सुशिला तथा मुक्ति सुवेदी, खेमप्रसाद गोमा शिवाकोटीबाट जनही १ लाख १११ रुपैयाँ प्राप्त भएको छ।
यस्तै, एसबीडी ओभरसिज सिलीगुडी तथा शिवालय सिलीगुडीबाट जनही ५१ हजार, नेत्रप्रसाद बिमली अर्जुनधारा ६ बाट ५१ हजार १११, ठाकुर कट्टेल, बलराम डाँगीबाट जनही २५ हजार, स्व। पुरुषोत्तम-दुर्गामाया तिम्सिनाका नाममा १९ हजार ७५०, दुर्गादेवी सुवेदी नेपालबाट १५ हजार, नेत्रप्रसाद गुरागाईबाट ११ हजार, राम जोशीबाट ११ हजार १ सय प्राप्त भएको धामले जनाएको छ ।
यस्तै, सुवर्ण खड्का अस्ट्रेलियाबाट ११ हजार १११, गोपीचन्द्र खरेल, प्रशंसा पराजुली अस्ट्रेलियाबाट जनही ५ हजार १ सय, दुर्गाप्रसाद उपाध्याय पौडेलबाट ५ हजार १११ रूपैयाँ अक्षयकोषमा सहयोग गरेको उनले बताए। अक्षयकोषको व्याजबाट धाममा सञ्चालित गुरूकूलका बटुकहरूका लागि खाद्यान्न र शिक्षादीक्षामा खर्च गरिने उनको भनाइ छ।
महायज्ञमा आउने भक्तजनहरूको संख्या दैनिक बृद्धि भइरहेको र उनीहरूलाई धामले खाद्यान्न वितरण र आवासलगायतको सुबिधा उपलब्ध गराइरहेको बताइएको छ । अक्षयकोषका संयोजक तथा धामका कोषाध्यक्ष मनोज जोशीले उक्त अक्षयकोषमा दुई करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य राखिएको बताएका छन्।