अर्जुनधारा। झापाको कनकाईमा गाई काटेर खाएको दुई दिन नबित्दै अर्जुनधारामा पनि गौहत्या भएको छ ।
गौहत्या आरोपमा दुई जना पक्राउ परेका छन् । अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गौहत्या गरिरहेको अवस्थामा गएराति ९ः४५ बजे दुईजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा ५० वर्षीय राम तामाङ र सन्त तामाङ रहेका छन् । उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
यसअघि मङ्गलबार कनकाई ३ स्थित टप्पुमा लैनो गाई काटिएको थियो । त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।