१६ लाख खर्चेर लगाइएको अत्याधुनिक लाईटले बढाएको अर्जुनधाराको शोभा, तस्बिरहरु

झापा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धामको अहिले स्वरुप फेरीएको छ । भारतबाट ल्याइएको लाइटिङ सिस्टमका कारण अर्जुनधारा जलेश्वरधाम झिलिमिली बनेको छ ।

बिशेष प्रकारको लाईट सिस्टमले अर्जुनधाराको शोभा बढाएको छ । धामको ४२ औँ वार्षिक अनुष्ठानमा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा लगाइएको लाइटिङ सिस्टममा मानिसहरू आकर्षित भएका छन्।

धाम क्षेत्र प्रवेश गर्ने मार्ग शनिश्चरेदेखि नै प्रकाश (बिजुली)को सजावटले शनिश्चरे बजार तथा धाम क्षेत्र प्रकाशमय बनेको हो। साँझपख त्यही प्रकाशमा फोटो खिच्ने तथा खिचाउने मानिसहरूको घुइँचो लाग्ने गरेको छ ।

धाम परिसर तथा सडकमार्गमा लगाइएको लाइट सिस्टम १० लाख भारतीय रुपैयाँ अर्थात १६ लाख नेपाली रुपैयाँमा लगाइएको धामसमितिले जनाएको छ ।

थप तस्बिरहरूः

तस्बिर : तिलक योञ्जन/खबरखेती

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय