काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना भएका छन्। उनी आइतवार साँझ वीर अस्पतालमा भर्ना भएका हुन्।
काठमाडौँ जिल्ला अदालतमा आइतवार पेश गरेपछि प्रसाईँले आफू क्यान्सरको विरामी भएको बताएपछि न्यायाधीश कमला पौडेलले उनको उचित उपचारको व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएकी थिइन्।
यसपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण गर्न वीर अस्पताल लगेका थिए। त्यहाँ चिकित्सकको सल्लाहअनुसार उनलाई भर्ना गरिएको हो।
काठमाडौँ जिल्ला अदालतले आइतवार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।