इटहरीमा भएको सवारी दुर्घटनामा संखुवासभाका गुरुङ दम्पत्तिको मृत्यु

सुनसरी । इटहरीको बालग्राम चोकस्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक दम्पत्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाका दम्पती रहेका छन् ।

आइतबार दिउँसो इटहरी उपमहानगरपालिका-१६ बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा संखुवासभाको धर्मदेवी निवासी श्रीमान-श्रीमतीको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक धर्मदेवी नगरपालिका ३ बस्ने ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिचान खुलिनसकेको सवारीसाधनको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार म्याजिक भ्यान र टिपर ओभरटेक गर्नेक्रममा मोटरसाइकल उक्त दुई सवारीसाधनको बीचमा चेप्टिएर दुर्घटनामा परेको हो ।

दुर्घटनास्थल छेउमै रहेको सीसी क्यामेरा बिग्रिएकोले कुन सवारीसाधनले मोटरसाइकललाई ठक्कर दिएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल आसपासमा रहेको अन्य सीसी क्यामेराको सहयोगमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय