अमेरिकामा भएको कार दुर्घटनामा अस्ताए इथिकल ह्याकर विवेक सुवेदी

काठमाडौं । अमेरिकाको भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुखमा ठोक्किई कार दुर्घटना हुँदा बर्दियाका विवेक सुवेदी र रुकुमका सुरेश केसीको ज्यान गएको अमेरिकाबाट सञ्चालित अनलाइन पोर्टल नेपाल मदर डटकमले जनाएको छ ।

सुवेदी साइबर सुरक्षा अनुसन्धाकर्मी हुन् । उनी अमेरिकास्थित सिस्को नेटवर्किङ एकेडेमीमा विगत दुई वर्षदेखि साइबर सुरक्षा विश्लेषकका रूपमा कार्यरत थिए ।

त्यस्तै रामलक्ष्मण ग्रुपमा साइबर सुरक्षा इन्जिनियर तथा सुरक्षा परामर्शदाताका रूपमा पनि उनले काम गरेका थिए । साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपालमा समेत उनले एसओसी एनालिस्टको रूपमा काम गरेका थिए ।

कोभेन्ट्री युनिभर्सिटीबाट सुवेदीले इथिकल ह्याकिङ र साइबर सुरक्षामा स्नातक तह उत्तीर्ण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय