काठमाडौं । नेपाली कबड्डीको फ्रेन्चाइज लिग नेपाल कबड्डी लिग (एनकेएल) को आधिकारिक लोगो सार्वजनिक भएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकले उक्त लोगो सार्वजनिक गरेका हुन् ।
लिगका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष हमित बेगानीले नेपाल कबड्डी लिग खेल मात्र नभएर सारा युवाको सपना रहेको र नेपाली कबड्डीलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्य रहेको बताए ।
एनकेएलको पहिलो संस्करणमा सहभागी हुने नेपालको ६ सहरको नाम समेत सार्वजनिक भएको छ । पहिलो संस्करणको लिगमा काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी, बुटवल शहरको टिमले सहभागिता जनाउनेछन् ।