अरिँगालले टोकेर इलाममा एक पुरुषको मृत्यु

इलाम । अरिँगालले टोकेर एक पुरुषको मृत्यु भएको छ ।

इलामको सूर्योदय ९ पान्दाममा घर छेउको रुखको हाँगा काट्ने क्रममा अरिँगालले टोकेर स्थानीय ५० वर्षीय शुक्रराज राईको मृत्यु भएको हो ।

गत कात्तिक २६ गते १५–२० वटा अरिँगालले राईलाई टोकेको थिए ।

अरिँगालको टोकाइले सुन्निएको शरीर नघटेपछि राईलाई केही दिनअघि मात्रै झापाको मनमोहन सामुदायिक अस्पताल लगिएको थियो ।

त्यहाँ पनि उपचार हुन नसकेपछि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याएकोमा मङ्सिर ६ गते राईको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
75
सम्बन्धित

लोकप्रिय

लोकप्रिय