अमेरिकाको भर्जिनियामा भयानक कार दुर्घटना, दुई नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भयानक कार दुर्घटनामा परी दुई नेपाली युवकको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार मध्यराति साढे १२ बजे भएको दुर्घटनामा एक अर्का नेपाली घाइते भएका छन्।

दुर्घटनामा परी ज्यान गुमाउने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी रहेको उनका छिमेकी सुशील चन्दले जानकारी दिए। अर्का युवक बर्दियाका विवेक सुवेदी भएको स्थानीय समाजसेवी योगेश श्रेष्ठले बताएए। उनका अनुसार काठमाडौंका मेहुल श्रेष्ठ घाइते भएका हुन्। अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था खतरामुक्त छ।

दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको बताइएको छ। लाउडाउन काउन्टी सेरिफ कार्यालयले कारचालक ३० वर्षीय नेपाली विजय तामाङलाई पक्राउ दुईजनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ। अहिले उनलाई लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको छ।

यो घटनाबारे लाउडाउन काउन्टी सेरिफ कार्यालयले दुई प्रेस विज्ञप्ति प्रकाशन गरेको छ। पहिलो विज्ञप्तिमा एक महिला समेत भएको भनिएकोमा दोस्रोमा विज्ञप्तिमा दुर्घटना परेको कारमा चारै जना पुरुष रहेको भनी सच्याइएको छ।

एनआरएनए भर्जिनियाका अध्यक्ष विशाल कार्कीले परिवार र स्थानीय लाउडाउन काउन्टी सेरिफ कार्यालयसँग सम्पर्क गर्ने र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

चालक तामाङले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएकाले दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ। अत्यधिक गतिमा चलाइएको कार नियन्त्रण गुमेपछि सडकबाहिर पुगी रुखमा ठोक्किएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
108
सम्बन्धित

लोकप्रिय

लोकप्रिय