गैडे सामुदायिक वनमा नेकपा एमालेको बर्चश्व, उपाध्यक्ष बाहेक अन्य सबै उम्मेद्वार विजयी

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष बाहेक अन्य सबै पदका उम्मेद्वार विजयी भएका छन् । एमाले तर्फका उम्मेद्वार रामध्वज लावती अध्यक्षमा निर्वाचित भएका छन् ।

उनी ५२८ मत प्राप्त गरी आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिवद्धन्दी नेपाली कांग्रेसको तर्फका उम्मेद्वार अमृतबहादुर कार्की ३९८ र स्वतन्त्र उम्मेद्वार सन्तोष लामाले ९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा पदका नेकपा माओवादी केन्द्रका रविन राई निर्वाचत भएका छन् । उनले ४७७ पद प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी दिपेन्द्र संग्रौलाले ३७९ र भानुप्रसाद उप्रेतीले ८८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिव पदमा जानुका धितालले ४४६ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी कुमारी योङहाङ्ग (फागो)ले ४४३ प्राप्त गरेकी छिन्। कोषाध्यक्ष पदमा ४०७ मत प्राप्त गरी टिका बास्कोटा निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी टिकामाया तुम्सा लिम्बुले ३६३ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी खुल्ला सदस्य तर्फ अम्बरबहादुर योङहाङ्ग, रविन राई र हेमन्त कार्की निर्वाचित भएका छन् । महिला सदस्यमा सम्झाना अधिकारी,महिला आदिबासी जनजातिमा कान्तिहाङ्ग सेलिङ लिम्बु, महिला दलितमा विन्दाकुमारी दर्जी, महिला सदस्य पिछडा वर्गमा रिना कुर्मी निर्वाचित भएको निर्वाचन समिति सदस्य नारायण भट्टराईले जनाकारी दिए ।

त्यस्तै ब्लक नं. माई न.पा ८ लोसे सदस्यमा बुद्धकुमार लिम्बु, ब्लक नं. ५ शिवसताक्षी १० ट्याक्राका सदस्यमा कमलप्रसाद निम्सिना निर्वाचत भएको निर्वाचन समितिले जनाएको छ। नेकपा एमालेको तर्फबाट १३ सदस्य मध्ये १२ सदस्य निर्वाचत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय