झापा। मोरङको बुढीगंगा ५ स्थित धानबारीमा बिहीबार बिहान स्थानीय किसानहरुले काम गर्ने क्रममा मानव कंकाल फेला परेका छ ।
बुढीगंगा गाउँपालिका–५ स्थित सांग्रिला चप्पल फ्याक्ट्री अगाडिको धान खेतमा धान काट्ने क्रममा स्थानीय महिलाहरुले मानव कंकाल फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय उबेदा खातुनले लगाएको धान खेतमा छरपस्ट अवस्थामा कंकाल भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । कंकाल कसको र कति पुरानो हो भन्ने खुलेको छैन ।
तत्काल नाम, थर, वतन तथा लिंग नछुट्टिएको कंकाल फेला परेको घटना स्थलमा पुगेका प्रवक्ता जोशीले जानकारी दिए । जंगली जनावर र कुकुरले खाएजस्तो देखिने मान्छेको टाउको, हात र खुट्टासहितको कंकाल खुट्टामा निलो ‘ टाउजर ’ लगाएको अवस्था भेटिएको हो ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।