स्कुलबाट फर्किंदैगर्दा करेन्ट लागेर बालिकाको मृत्यु

इलाम । स्कुलबाट घर फर्किँदै गरेकी बालिकाको भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको छ । घटना ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा ३ को हो । स्थानीय साङ्गे शेर्पाकी सात वर्षीया छोरी मंसिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई ताप्लेजुङ जिल्ला अस्पतालले मृत घोषणा गरेको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार स्कुलबाट फर्किंदै गर्दा बाटैमा खसेको बिजुलीको तार छुन पुगेपछि उनलाई करेन्ट लागेको थियो । बालिकाको शव पोस्टमार्टमपछि आफन्तले जिम्मा लिएका छन् । नेपाल विद्युत् प्राधिकरणले कानुनबमोजिम क्षतिपूर्ति दिने भएको डिएसपी रावलले बताए ।

यो गाउँमा दुई वर्षअघि पनि यस्तै तरिकाले करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
119
सम्बन्धित

लोकप्रिय

लोकप्रिय