खुदुनाबारी गोल्डकपको उपाधिका लागि मेचीनगर र शिवसताक्षी भिड्दै

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको फाइनल आज हुँदैछ । अर्जुनधारा-३ को कैदले प्राकृतिक रंगशालामा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।

उपाधि दाबेदार बनेको दुवै टोली जित हातपार्ने लक्ष्यकासाथ मैदान उत्रने तयारीमा छन् । प्रतियोगिताकै दरिलो टोलीको भिड्न्त रोचक हुने अनुमान गरिएको छ ।

सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकीलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भिड्न्त पक्का गरेको हो । यता शिवसताक्षीले सेमिफाइनलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षीत गरेको हो ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ । प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । फाइनल खेल दिउँसो २ बजे सुरु हुने गोल्डकपको समापन समारोह भने मध्यन्ह १२ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

गोल्डकपको समापन समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख अतिथ्य रहने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
479
सम्बन्धित

लोकप्रिय

लोकप्रिय