अर्जुनधारन । अजुर्नधारा नगरपालिका–९ गोलधापमा गोलधाप ड्रिम डान्स सेन्टर संचालनमा अएको छ ।
गोल्धाप युवा परिवारको संचालनमा गोलधाप ड्रिम डान्स सेन्टर संचालनमा आएको संस्थाका अध्यक्ष सुरेन राईले जानकारी दिनुभयो ।
डान्स सेन्टरको अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य तथा अर्जुनधारा-९ की वडा सदस्य गौरीमाया चिमरीयाले उद्घाटन गर्नुभयो ।
डान्स सेन्टरकी प्रशिक्षक अनिता राजवंशीको प्रशिक्षणमा नृत्य कक्षा संचालन हुने छ । बिहानको समयमा जुम्बा संचालन हुने र बेलुका विभिन्न समयमा नृत्यका ३ वटा कक्षा संचालन गरिने गोल्धाप युवा परिवारका अध्यक्ष राईले जानकारी दिनुभयो ।
उहाँले नृत्य प्रतिभाको विकाससंगै, स्वास्थ्य बनाउने उदेश्यले डान्स सेन्टर संचालनमा ल्याएको बताउनुभयो । बालबालिका, किशोर र युवाहरुलाई कुलतसंगै अन्य विभिन्न दुव्र्यशनीमा फस्नबाट जोगाउन अतिरित्त क्रियाकलापको रुपमा समेत नृत्यकला उपयोगी भएकाले डान्स सेन्टरको संचालन गरिएको उहाँले बताउनुभयो ।
जुम्बा कक्षा समेत संचालन हुने भएकाले अविभावकहरुको शारिरीक बयामका लागि समेत डान्स सेन्टर उपयोगी हुने राईले बताउनुभयो ।
डान्स सेन्टरमा उद्घाटनकै अवसरमा २५ जना प्रशिक्षर्थी भर्ना भएको बताइएको छ ।
उद्घाटन कार्यक्रममा गोल्धापका अभिभावक तथा सामाजिक व्यक्तीत्व प्रदिप चिमरीया, सुखानी सहिद स्मृती प्रतिष्ठानका योगेन्द्र रिजाल, राष्ट्रीय स्वतन्त्र पार्टी अर्जुनधारा–९ का सभापति विजय कुवँर लगायत, गोल्धाप युवा परिवारका सदस्यहरु र प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।