पहिचानवादीहरुको दोस्रो चरणको आन्दोलन घोषणा

झापा । कोशी प्रदेश खारेजीको मागसहित पहिचानवादीहरुले विराटनगरमा दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् । प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विरोध सभा गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । बिराटनगर –२ स्थित नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र अगाडि प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा विरोध सभा गरिएको थियो ।

संयुक्त संघर्ष समितिका संयोजक तथा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनको नेतृत्वमा पूर्वमन्त्री गोपाल किराँती, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व मन्त्री पम्फा भुसाल, पहिचानको आधारमा पुनः नामकरण अभियानका संयोजक डेकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, राष्ट्रिय मुक्ति क्रान्तिका केन्द्रीय अध्यक्ष राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टी उप–महासचिव पदम अधिकारी, जनता समाजवादी पार्टीका प्रतिनिधि बलदीप प्रभाकर, किरात राई यायोक्खाका केन्द्रीय महासचिव भिम राई, केन्द्रीय उप–महासचिव अर्जुन जम्नेली राई, किरात राई यायोक्खा बिराटनगर अध्यक्ष बिष्णु राई, नागरिक उन्मुक्ति पार्टीका झापा अध्यक्ष धनबहादुर पन्धाकलगायतको ठूलो उपस्थिति रहेको थियो ।

विरोध सभाअघि र्याली निकालिएको थियो । र्यालीका सहभागीहरुले “प्रदेशको नाम कोशी खारेज गर, पहिचानको आधारमा प्रदेशको नाम पुनः नामाकरण गर, पहिचान विरोधी होसियार, सम्पूर्ण प्रदेशबासी एक होऔ” जस्ता नारा लगाएका थिए ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व मन्त्री पम्फा भुसाल, नेकपा एकीकृत समाजवादीका सचिव एवं पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई , राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो , जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ, बैज्ञानिक समाजबादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुती, जसपा नेपालका केन्द्रीय सदस्य जयराम यादब , स्वाधिन मधेश जनअभियानका अध्यक्ष कैलाश महतो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकलगायतले संबोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
207
सम्बन्धित

लोकप्रिय

लोकप्रिय