शिवसताक्षी । झापाको शिवसताक्षीमा फेस नेपाल होप एण्ड ट्रान्सफर्मेसन शिवसताक्षीद्वारा आयोजित शिवसताक्षी म्योराथनमा खुला तर्फ बझाङका करण रावल प्रथम भएका छन् ।
जसको दोस्रो स्थिनमा ताप्लेजुङका रमेश लिम्बु, तेस्रो स्थानमा स्याङजाका धनमान मानन्धर रहेका छन् । त्यस्तै खुला महिला तर्फ प्रथम इन्द्रकला नेम्वाङ, दोस्रो स्थानमा पुष्पा सर्मा लिम्बु, तेस्रो स्थानमा कुनकला राई रहेको आयोजक समितिका सल्लाहकार समिति सदस्य दुर्गा नेम्वाङले जानकारी दिए ।
प्रतियोगिताको भेट्रान तर्फ पुरुषको अभिनारायण अधिकारले प्रथम स्थान, विजयकुमार राईले द्वितीय स्थान र लक्ष्मण अधिकारी तृतीय स्थान प्राप्त गरेका छन् । त्यस्तै भेट्रान महिला तर्फ जमुना लिम्बु प्रथम, कुशुम लिम्बुले द्वितीय स्थान प्राप्त गरेको आयोजक फेस नेपालले जनाएको छ ।
प्रतियोगिताको १४ वर्ष मुनीका धावकहरुमा लाक्पा सेर्मा प्रथम, अस्विन श्रेष्ठ द्वितीय, रोहन माझीले तृतीय स्थान हासिल गरेका छन् । म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुने धावकहरुले नगद जनही १५ हजार, १० हजार ७ हजारसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा १४ वर्ष मुनीका धावकहरुलाई माइधारदेखि झिलझिले बजार र अन्य विधाका धावकलाई माइधारदेखि सताक्षीधामसम्म १० किमी दुरी पार गर्न लगाइएको थियो ।
काईक्रममा फेस नेपाल शिवसताक्षीले विभिन्न समयमा गरेको सामाजिक कामहरुमा नगद तथा जिन्सी सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको आयोजक फेस नेपाल शिवसताक्षीले जनाएको छ । विभिन्न समयमा आर्थिक तथा जिन्सी सहयोग गर्ने ३८ जनालाई फेस नेपालले सम्मान गरिएको फेस नेपाल शिवसताक्षीका अध्यक्ष कविराज चाम्लिङ राईले जानकारी दिए ।
कार्यक्रममा नगर प्रमुख मेगाहाङ्ग थोप्रा, गणेश प्रधान, उदय प्रकाश राई, सम्मानित हुनेहरुको तर्फबाट संस्थाका सल्लाहकार दुर्गा नेम्वाङ शुभकाना मन्तव्य राखेका थिए । संस्थाका सल्लाहकार सेलिङ केसीले स्वागत गरेको कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, नेपाली सेना अरिदमन गणपति चारआलीका प्राजु बस्नेत, जिल्ला ट्राफिट प्रहरीका प्रमुख गणेश पौडेललगायत वडाध्यक्षहरु, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सुस्मिता राईले गरेकी थिइन्।