धुलाबारीको निन्दा खोलानजिकै घारीमा नवजात शिशु भेटियो

मेचीनगर । झापा मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको कमिलाले टोकिरहेको रक्ताम्य अवस्थामा नवजात शिशु भेटिएको छ ।

आज बिहान अन्दाजी ६ः३० बजे मेचीनगर १० स्थित निन्दा खोलानजिकै घारीमा सालनालसहितको नांगै जीवित नवजात शिशु
(बालिका)लाई कमिलाले टोकिरहेको रक्ताम्य अवस्थामा स्थानीय महिलाले भेटाएकी थिइन् ।

मेचीनगर ११ सिर्जना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाईं ९अधिकारी० ले मर्निङवाक गर्ने क्रममा शिशु भेट्टाएकी थिइन् ।

इलाका प्रहरी कार्यालय धुलाबारीमा दिउँसो १ बजे अधिकारीले ती नवजात शिशु ल्याई जिम्मा बुझाएकी थिइन् ।

सामान्य अवस्थाका ती शिशुलाई मेचीनगर-१० को वडा कार्यालयमार्फत अधिकारीलाई संरक्षणको लागि जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
69
सम्बन्धित

लोकप्रिय

लोकप्रिय