खुदुनाबारी गोल्डकप : मेचीनगरसंग माई ८–१ले पराजित, सनम भुजेलले गरे ४ गोल

अर्जुनधारा । सनम भुजेलको ४ गोलको मदतमा मेचीनगर नगपालिका चौंथो खुदुनाबारी गोल्डकप २०८१को सेमीफइनलमा प्रवेश गरेको छ ।

इलामको माई नगरपालिका विरुद्ध ८–१ गोल अन्तरको फराकिलो जित निकाल्दै मेचीनगर अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा भएको खेलमा सनम भुजेलले २५ औं, ४० औं र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रीक पुरा गरे। खेलमा नायक बनेका भुजेलले दोस्रो हाफको अतिरित्त समयमा थप एक गोल गरे । मेचीनगरलाई थप फराकीलो जित दिलाउन कप्तान खमिर गिल्सन कन्दङवाले २३ औं र ४५ औं मिनेटमा २ गोल गरे । अरुण मेचेले ५१ औं मिनेट पहिलो गोल र दोस्रो आफको अतिरित्त समयमा थप १ गोल गर्दा मेचीनगरले शान्दार जित हात पार्यो ।

इलामको माई नगरपालिकाका कप्तान सुजन नेम्वाङले ४३ औं मिनेटमा एक गोल फर्काए । त्यस बाहेका खेलमा माईका खेलाडीले स्कोर गर्न नसक्दा फराकीलो हार भोग्यो ।

मेचीनगरकालागि ४ गोल गरेका सनम भुजेल खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए । उनलाई प्रतियोगिताका संयोजक सिताराम भट्टराई, प्रमुख अतिथि डिल्ली बिक्रम नेम्वाङ र नगर खेलकुद विकास समिति अर्जुनधाराका अध्यक्ष सुरेन्द्र धिमालले पुरस्कार प्रदान गरे ।

गोल्डकपको भोली हुने तेस्रो क्वाटरफाइनलमा बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकाबिच प्रतिस्पर्धा हुने छ ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । मंसिर ५ गत हुने फाइनल खेलको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।

प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार प्रदान गरिने छ ।

गोल्डकपमा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका, इलामको माई नगरपालिका र आयोजक गरि १० टोलीे सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
180
सम्बन्धित

लोकप्रिय

लोकप्रिय