बिर्तामोडको होटलमा भारतीय नागरिक भूजेलको ओछ्यानमै मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडमा आँखाको उपचार गर्नको लागि भारतबाट आएका एकजना भारतीय नागरिकको होटलमा सुतेको अवस्थामा मृत्यु भएको छ ।

बिर्तामोड–३ सैनिकमोडमा रहेको बलराम खनालले सञ्चालन गरेको आसाम भवन एन्ड लजमा भारत सोनिकपुरका ५६ वर्षीय रामबहादुर भुजेलको ओछ्यानमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी कात्तिक २७ गतेबाट कोठा भाडामा लिई बस्दै आएका थिए । आज बिहान ७ः३० बजे भुजेल ओछ्यानमै मृत अवस्थामा भेटिएको उनको साथमा रहेका ५६ वर्षीय धनबहादुर लामाले जानकारी गराएका थिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी घटनास्थल गएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
151
सम्बन्धित

लोकप्रिय

लोकप्रिय