दुधे रंगशालाः खेल मैदान तयार, प्याराफिट निर्माण हुँदै, आगामी वर्षदखि खेल सञ्चालन गरिने

सरोज भट्टराई, शिवसताक्षी । झापाको शिवसताक्षीको दूधेमा निर्माणधिन नगर स्तरीय रंगशालाको खेल मैदान अन्तिम तयारी अवस्थामा रहेको छ । खेल मैदानका लागि रोपिएको झार हरियो भएको छ । जनसहभागिता र सरकारको संयुक्त पहलमा रंगशाला निर्माणको काम अघि बढाइएको हो । अहिले रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण भइरहेको छ । रंगशााला चार बर्षभित्रमा रंगशाला पूर्णरुपमा तयार पार्ने लक्ष्य लिएको शिवतसाक्षी नगरपालिकाले जनाएको छ । रंगशालामा एकै पटक २५ हजार दर्शकले खेलको हेर्न सक्ने छन् ।

पछिल्लो समय शिवसताक्षी नगरपालिकाले खेलकुद प्रेमीको भावना अनुसार स्थानीय र केन्द्रिय बजेटसमेतको माग गरी रंगशाला निर्माणको काम अघि बढाएको छ । नगरपालिका र जनसहभागितामा रंगशाला निर्माणको काम धमाधम भइरहेको हो । स्थानीयले रंगशाला निर्माणमा साथ दिंदा बहुबर्षे योजना अगाडि बढ्न सम्भव भएको हो ।

रंगशालामा प्याराफिट निर्माणको लागि मञ्च र चेञ्जिङ रुम निर्माणका लागि १ करोड १० लाख रुपैंयाँ बजेट अघिल्लो आर्थिक वर्षमा विनियोजन भएकामा स्टेज सहितको प्याराफिटको संरचना निर्माण गरिसकेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले चालु आर्थिक वर्षमा नगरबाट ५० लाख बजेट विनियोजन भएको छ । उनले भने, नगरले ५० लाखमा थुप्रै काम गर्नेछ । चालु आवमा भिआईपी बस्ने स्थलमा ट्रष्टको छानो लगाउने र हाल निर्माण भएको प्याराफिटबाट दक्षिण पनि अर्को प्याराफिट र शौचालय निर्माण गर्ने नगरप्रमुख थोप्राले बताए । यस वर्ष खेल मैदान र प्याराफिटको काम सम्पन्न गरेर आगामी वर्षदेखि खेल सञ्चालन गरिने नगरप्रमुख थोप्राको भनाई छ । थोप्राले भने, यो नगर गौरवको आयाजना पनि र ‘झापामा फुटबलको जुन क्रेज छ, त्यसमा केही गरौं भनेर हामीले ठुलो लगानी यहाँ गरेका हौं ।’

झापाका दर्शकमा देखिएको फुटबल खेलको क्रेजलाई विश्वब्यापी रुपमा परिचित गराउन सुविधा सम्पन्न भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता बमोजिम रंगशाला निर्माणको काम सुरु गरिएको हो । झापाका स्थानीय तह मध्ये सुविधा सम्पन्न रंगशालाको अवधारण अनुसार काम गरेको शिवसताक्षी पहिलो हो । रंगशालाको अभावमा झापामा अस्थायी प्यारापिट निर्माण गरेर फुटबलको बिभिन्न प्रतियोगिता आयोजना हुँदै आएका छन् ।

नगरकै गौरवको आयोजनालाई समय मै गुस्तरीय काम गर्न समय समयमा अनुगमन गरिदै आएको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । कार्कीका अनुसार रंगशालाकामा कम्पाउण्ड र खेलमैदानमा ट्रेन सम्पन्न भइसकेका छन् ।
खेल मैदानमा एक महिना अघि रोपिएका झार हरियो अवस्थामा रहेको छ । झारलाई दैनिक पानी हाल्ने काम भइरहेको खेल मैदान निर्माण समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

दमकदेखि माइधारसम्मको सो क्षेत्रमा दर्जनौ खेलमैदान भएपनि ब्यवस्थित नहुँदा ठूला प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । पाडाजुँगीमा आदिवासी रंगशाला निर्माण हुने चर्चा चलेपनि राजनीतिक बिवादका कारण निर्माणमा ढिलाई भएको छ । दुधे रंगशाला निर्माण सम्पन्न भएपछि फुटबल लगायत खेलकुदका गतिविधिमा फड्को मार्न सकिने नगरको अपेक्षा छ ।

भद्रपुरमा रहेको मेची रंगशाला पनि हालसम्म अधुरो छ । रंगशाला निर्माणले पुर्णता नपाउँदा गतबर्ष सम्पन्न भएको भद्रपुर झापा गोल्डकप हेर्नका लागि अस्थायी प्यारापिट निर्माण गर्नुपरेको परेको छ । शिवसाक्षीकोे यो रंगशाला बनेपछि जिल्लाको पहिलो व्यवस्थित रंगशालाका रुपमा सुचिकृत हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय