कनकाईलाई ९–८ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश

अर्जुनधारा । कनकाई नगरपालिकालाई सडनडेथमा ९–८ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिका झापाको अर्जुनधारामा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निर्धारीत समय गोलरहित बराबरीमा सकिएपछि नतिजाकालागि टाइब्रेकरमा धकेलीएको थियो । शिवसताक्षी सडनडेथमा भाग्यमानी सावित भयो ।

टाईब्रेकरमा शिवसताक्षीका बिशाल थिङ, मिराक लिङदेन, संजोक मगर र प्रलाद चापागाईले गोल गरे । टेकेन राना मगरको प्रहार कनकाईका गोलरक्षक विवेक वाग्लेले बचाउ गरे । सडनडेथमा शिवसताक्षीका रुद्ध क्षेत्री, निकेश श्रेष्ठ, अनिश थापा, सन्दिप लिम्बू र अविशेक गुरुङले गोल गरे ।

कनकाईको तर्फबाट टाईब्रेकरमा उमेश मुर्मु, रुचन लिम्बू, गोपाल दाहाल र शाहिल बस्नेतले गोल गरे । मिक्सन दर्जीको प्रहार शिवसताक्षीका गोलरक्षक सदिप लिम्बूले बचाउ गरे । सडनडेथमा कनकाईका निमेश गुरुङ, जेम्सहाङ लिम्बू, भिम मगर र मनिस लिम्बूले गोल गरे । राजु मगरको प्रहार गोल पोष्टभन्दा बाहिर गएपछि कनकाईले सडनडेथमा हार बेर्होन पुग्यो ।

आजको खेलमा शिवसताक्षीका गोलरक्षक सदिप लिम्बू ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । मंसिर ५ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार २ सय ११ र उपविजेताले ५५ हजार ६ सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ । प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

गोल्डकपको भोली हुने दोस्रो क्वाटरफाइनलमा इलामको माई नगरपालिका र झापाको मेचीनगरपालिकाबिच खेल हुने आयोजकले बताएको छ ।

गोल्डकपमा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका, इलामको माई नगरपालिका र आयोजक टिमसहित १० टोलीको सहभागी छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
901
सम्बन्धित

लोकप्रिय

लोकप्रिय