अरिङ्गाल पोलेर फर्किँदा भीरबाट खसेका उप्रेतीको उद्धार

काठमाडौँ। काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका ७ र ८ को सिमानास्थित झर्ना कटेज नजिकैको भीरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरिएको छ।

अरिङ्गाल पोली फर्कने क्रममा ५ जनामध्ये सोही गाउँपालिका ८ बस्ने २५ वर्षीय रामकुमार उप्रेतीको नं १५ गण काभ्रे, नं १६ गण सिन्धुपाल्चोक र स्थानिय प्रहरीको संयुक्त टोलीले आज बिहान उद्धार गरेको हो।

उक्त घटना राति भएको र जानकारी प्राप्त भएपछि सशस्त्रको टोली उद्धारका लागि पठाइएको थियो।

अन्दाजी ३०/४० मिटर तल खोल्सामा खसेर टाउको र ढाडमा चोट लागि गम्भीर घाइते भएका उनलाई उद्धार गरी बिहान धुलिखेल अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय