दमक । झापामा पूजाको दियोबाट कपडामा आगो सल्किएपछि जलेर एक वृद्धा गम्भिर घाइते भएकी छिन्। बिर्तामोड नगरपालिका–४ की पुष्पलता न्यौपाने (८५) जलेर घाईते भएकी हुन।
घाईते वृद्धा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेकी आमा हुन। मंगलबार बिहान करिव साढे ९ बजे हरिबोधनी एकादशीको पूजा गर्ने क्रममा दियोको आगो उनको कपडामा सल्किएको थियो।
हात र ढाड जलेर घाइते भएकी उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।