मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौं । ज्यान मार्ने उद्योगको कसुरमा दोषी भएपछि पक्राउ परेका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे)लाई डिल्लीबजार कारागार चनाल गरिएको छ । उनलाई कारागारको ख ब्लकमा राखिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली सानो भर्‍याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेका मनाङेलाई मंगलबार नै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराएको थियो ।

त्यसपछि मनाङेलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार लगिएको थियो । डिल्लीबजार कारागारको ख ब्लकमा उनलाई राखिएको जेलर पूर्णबहादुर खत्रीले बताए । ख ब्लकमा अहिले १५० जना कैदीबन्दी छन् । डिल्लीबजार कारागारकै क ब्लकमा भने साढे ५ सय कैदीबन्दी रहेको खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
370
सम्बन्धित

लोकप्रिय

लोकप्रिय