नेपाल तमु विद्यार्थी छोंज धींको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न

तनहुँ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन तमू निर्विरोध निर्वाचित भएको छ । तनहुँको दमौलीमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट पवन तमूको अध्यक्षतामा ५५ सदस्सीय नयाँ कार्य समिति चयन भएको हो ।

नव निर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्षमा विष्णुराज तमू, उपाध्यक्ष गौचन तमू, महासचिवमा युवराज तमू, उप–महासचिव अनिल तमू, सचीवमा बिकास तमू, नेहा तमूस्यो, युवराज तमू, प्रकाश तमू र ईना तमूस्यो, कोषाध्यक्षमा अनुपम तमू, सह–कोषाध्यक्षमा अन्जु तमूस्यो, संगठन बिभाग प्रमुख सबिन तमू, प्रचारप्रसार सचीव प्रमुख मनोज तमू, भाषा, साहित्य सस्कृतिक तथा अतिरिक्त बिभाग प्रमुख ईशा गुरुङ बिदेश बिभाग प्रमुख सोम तमू, आईटी बिभाग सुमित तमू, शैक्षिक बिभाग प्रमुख बुधराम तमू, प्रशिक्षण तथा अनुशासन बिभाग प्रमुखमा गोबिन्द तमू निर्वाचित भएका छन् ।

राष्ट्रिय स्तरको साझा संस्था नेपाल तमू विधार्थी छोंज धींको स्थापनाको २८ वर्ष पूरा भइसकेको छ । देशभरका करिब ५२ जिल्लामा संगठन विस्तार भई आफ्‌नो जातिय भाषा, भेषभुषा, संस्कृतिको जर्गेना र तमू एकताको लागि उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको पृष्टभूमि सहित मातृभाषा र सिपमुलक शिक्षा सुनिश्चितताको निम्ति हाम्रो आह्वान स्वरोजगारको अभियान ू २०८१ सहित १२ औ राष्ट्रिय महाधिवेशन तनहुँको दमौलीमा कात्तिक २४ , २५ र २६ गते सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
358
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय