शिशु शौचालयमा छाडेर भाग्ने बिर्तामोडकी एक महिला पक्राउ

झापा । झापाको हल्दिबारीमा गर्भपतन गराएर भागेकी महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

गोलधापमा रहेको द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा गर्भपतन गराएर भागेकी महिलालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने बिर्तामोड-१० की गुरुङ थरकी अदाजी ३५ वर्षीया महिलाले पतन गराएको गर्भमा छोरो रहेको थियो । महिलाका श्रीमान वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको बुझिएको छ ।

अवैध सम्बन्धबाट गर्भ रहेपछि त्यसलाई क्लिनिकमा गर्भपतन गराएर उनी भागेकी थिइन् । त्यो गर्भ कसको हो भनेर ती महिलाले व्यक्तिको नाम नखुलाए पनि गोलधापतिरका व्यक्तिको भएको स्वीकारेको बताइएको छ ।

ती महिलासँगै उनलाई लिएर आउने सिटी सफारी चालकलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । ती सिटी सफारी चालक बिर्तामोड १० का दाहाल थरका व्यक्ति हुन् । उनले नै ती महिलालाई सिटीमा चढाएर क्लिनिक लिएर गएका थिए ।

प्रहरीले गर्भपतन गराउने द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरका सञ्चालक सुजन घिमिरेमाथि पनि निगरानी राखेको छ । घिमिरेले औषधि दिएपछि ती महिलाको गर्भपतन भएको थियो ।

गर्भपतनपछि नवजात शिशु शौचालयमा फालेर ती महिला भागेकी थिइन् । पेट दुख्यो भनेर ती महिला आएकी र आफूले पेट दुखेको इन्जेक्सन लगाइदिएको घिमिरेको दाबी छ ।

प्रहरीले प्रिस्किप्सन र औषधि लिएर गएको छ । शनिबार बिहान ती महिला उपचारका लागि सो क्लिनिकमा आएकी थिइन् । सोही दिन दिउँसो शौचालयमा मृत शिशु भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
191
सम्बन्धित

लोकप्रिय

लोकप्रिय