मन्त्री परिषद समावेशी नभएको भन्दै मुक्ति समाजले बुझायो एमालेलाई ज्ञापन-पत्र

मन कुमार गदाल
दमक । सरकारले मन्त्री परिषद गठन गर्दा समावेशी भएन भनेर चौतर्फी आलोचना भइरहेको वेला सत्तारुढ दल नेकपा एमाले झापालाई मन्त्री परिषद र राजनीतिक नियुक्तिहरु समावेशी बनाउनु पर्ने लगायतका माग राखेर दलित समुदायको नेता संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले ज्ञापन पत्र बुझाएको छ ।

झापाको कन्काई १ स्थित दुर्गापुरमा रहेको दलित सामुदायिक भवनमा मुक्ति समाज झापाले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा मन्त्री परिषद र राजनीतिक नियुक्तिमा दलित समुदायको अर्थपूर्ण सहभागिताको सुनिश्चिताको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । संघीय, प्रदेश सरकारको मन्त्री परिषद समावेशी भएन भनेर सत्तारुढ र सत्ता साझेदार दलले आलोचना खेपी रहेको वेला राज्यको नेतृत्व तह र नियुक्तिहरुमा दलित समुदायको उचित प्रतिनिधित्वको लागि पहल लगायतका माग गर्दै मुक्ति समाज झापाका अध्यक्ष तिलक गजमेरले एमाले झापा अध्यक्ष प्रेम गिरीलाई १६ बुद्धे ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझेपछि बोल्दै एमाले झापा अध्यक्ष गिरीले मुक्ति समाजको माग प्रति जिल्ला पार्टीले सकारात्मक पहल गर्ने बताउनु भयो । संघीय,प्रदेश,स्थानिय तहको सरकार र पार्टी लगायत संविधानमा उल्लेख भएको ब्यवस्थाको कार्यन्वयन साथै ब्यवहारिक रुपमा गर्नु पर्ने काम लगायत माग रहेको हुदा यसको कार्यन्यन कसरी गर्न सकिन्छ भनेर एमाले जिल्लाको पदाधिकारी र मुक्ति समाजको पदाधिकारी बसेर छलफल गर्दै नतिजा निकाल्न अध्यक्ष गिरीले अनुरोध गर्नु भयो । प्रदेश स्तरमा राष्ट्रिय दलित आयोगको कार्यालय स्थापना गरिनु पर्ने संवैधानिक ब्यवस्था छ । तर आयोगको कार्यालय स्थापना गरिएको छैन । दलित आयोगको स्थापना र सञ्चालनका लागि बजेट बिनियोजन गरिनु पर्छ । पार्टीको सबै तहको कमिटीहरुको कार्यकारी पदहरुमा दलित समुदायको प्रतिनिधित्वको ग्यारेन्टी गरिनु पर्दछ ।

निर्वाचन प्रणालीले हरेक वडामा दलित महिला जनप्रतिनिधिको ब्यवस्था गरेको छ । त्यस मध्येको योग्यतम उम्मेद्धवार छान्न र एकलाई निर्बिकल्प उम्मेद्धवार बनाउनु पर्ने बाध्यता छ । त्यसैले दलित महिला कार्यकर्ता उत्पादन र उत्पादन भएकाहरुलाई संरक्षणका लागि झापा पार्टीले विशेष योजना बनाई कार्यन्वयन गरियोस लगायतका मागहरु रहेको अध्यक्ष गजमेर द्धारा हस्तारक्षर गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

कार्यक्रमका प्रमुखअतिथि एमाले पार्टीको पोलीटब्युरो सदस्य तथा मुक्ति समाजको इन्चार्ज जितु गौतमले दलित समुदायको मुद्धा कार्यन्वयन गर्न गराउन सबै जिल्ला,पालिका वडा सम्म मुक्ति समाजले ज्ञापन पत्र बुझाउने अभियान चलाउन अनुरोध गर्नु भयो । पूर्व मन्त्री समेत रहनु भएका गौतमले ज्ञापन पत्र बुझाएर पार्टीको सम्वन्धि कमिटीमा छलफल बहस गर्न सके मात्र सामाजिक न्यायमा आधारित समाज निर्माणमा सहयोग पुग्ने बताउनु भयो । नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्माले सामाजिक दृष्टिकोण र सोचाईमा परिर्वतन हुन सके मात्र छुवाछुत अन्त हुने बताउनु भयो ।

कार्यक्रममा मुक्ति समाजको स्यायी कमिटी सदस्य तथा एमाले झापाको कार्यालय सचिव छवि लाल विश्वकर्मा र केन्द्रीय सदस्य सावित्रा वर्देवा लगायतले धारण राख्नु भएको थियो । सोही कार्यक्रममा मंसिर १६ गते हुने उपनिर्वाचन कन्काई नगर पालिका ६ न।वडामा एमालेको तर्फवाट वडा अध्यक्ष पदको उम्मेद्धवार सिफारिस हुनु भएका तुलाराम बस्नेतले पनि मन्तब्य राखेको कार्यक्रममा सहभागी पूर्व प्रतिनिधि सभा सदस्य विमला विश्वकर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
290
सम्बन्धित

लोकप्रिय

लोकप्रिय