खुदुनाबारीमा मनाईयो महागुरु फाल्गुनन्दको १ सय ४०औँ जन्मजयन्ती

अर्जुनधारा । झापाको खुदुनाबारीमा राष्ट्रिय विभूती किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४०औँ जन्मजयन्ती मनाइएको छ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ ।

जन्मजयन्तीको अवसरमा अर्जुनधारा नगरपालिकाको २ र ३ नम्बर वडाको संगम स्थानमा रहेको फाल्गुनन्द लिङ्देनको पूर्णकदको शालिकमा माल्यार्पण तथा दिप प्रज्वलन गरिएको हो ।

आईतबार साँझ शुभकामना आदनप्रदानसहित भएको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा- ३का वडा अध्यक्ष सिताराम भट्टराई लगायतका जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, किराँत धर्मगुरुहरु लगायतले माल्यार्पण तथा दिप प्रज्वलन गर्नुभएको थियो ।

च्याब्रुङ नृत्यसहित कलाकारहरुले प्रस्तुति समेत दिएको कार्यक्रममा सहभागी अतिथिहरुले महागुरु लिङ्देनको १ सय ४०औँ जन्मजयन्ती शुभकामना व्यक्त गर्नुभएको थियो ।

फाल्गुनन्द मिङसो माङहिम व्यवस्थापन समिति अर्जुनधारा ३ का अध्यक्ष लक्ष्मी प्रसाद इङनामको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा २ की जनप्रतिनिधि समेत रहनुभएकी शर्मिला फागोले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन मुकुन्द भण्डारी र खगेन्द्र लिङदेनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
437
सम्बन्धित

लोकप्रिय

लोकप्रिय