झापा र इलाममा मगर संघ र मगर विद्यार्थी संघको देउसी भैलो कार्यक्रम सम्पन्न

विर्तामोड । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति झापा र नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति झापा संयुक्त रुपमा झापाको विभिन्न पालिकाहरुमा देउसी भैलो कार्यक्रम गरेको छ । तिहारको अवसरमा कार्तिक १६, १७, १९ र २० गतेका दिन दमक, कमल, शिवसताक्षी, कनकाई, विर्तामोड, अर्जुनधारा, मेचीनगर, बुद्धशान्ति गरि ८ पालिकामा सञ्चालन भएको देउसी भैलो कार्यक्रममा मगर संघ झापाका अध्यक्ष विकाश थापा मगर, उपाध्यक्ष कर्ण बहादुर बलम्पाकी मगर, मगर विद्यार्थी संघ झापाका अध्यक्ष मेनुका मेनुका गुर्मछान मगर मगर, नेपाल मगर संघको केन्द्रीय सदस्य प्रकाश ल्हायो मगर, भोइस अफ नेपाल सिजन ४ को सेकेन्ड रनरअप योगेश मगर लगायतको उपस्थिति रहेको थियो ।

बुद्धशान्ति झापामा सञ्चालन भएको देउसी भैलो कार्यक्रममा सहभागीहरु । फोटो : मेनुका गुर्मछान मगर

झापामा रहेका मगर समुदायको युवा तथा विद्यार्थीहरुलाई विभिन्न तालिमहरु उपलब्ध गराउनको लागि आर्थिक संकलन गर्ने उद्धेश्यले सञ्चालन गरिएको देउसी भैलो कार्यक्रममा संकलित रकमको आयव्यय विवरण सामाजिक सञ्जालबाट सार्वजनिक गर्देै आय तर्फ ३ लाख ९ सय ८७ रुपैयाँ संकलन गरिएकोमा व्यय तर्फ १ लाख ४९ हजार ७ सय गरि १ लाख ५१ हजार २ सय ८७ बचत रहेको मगर विद्यार्थी संघ झापाका अध्यक्ष मेनुका गुर्मछान मगरले जानकारी दिनुभयो ।

दमक झापामा सञ्चालन भएको देउसी भैलो कार्यक्रममा सहभागीहरु । फोटो : मेनुका गुर्मछान मगर

त्यस्तै, इलाममा पनि नेपाल मगर संघ जिल्ला समन्वय समिति इलाम र नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति इलामको संयुक्त आयोजनामा इलामको माइ नगरपालिकामा कार्तिक १९ र २० गते देउसी भैलो कार्यक्रम गरेको छ । मगर समुदायको संस्कार, संस्कृति, भाषा, भेषभुषा संरक्षण गर्दै आर्थिक कोष वृद्धि गर्ने उद्धेश्यले गरिएको कार्यक्रममा मगर संघ इलामका अध्यक्ष इश्वर लुंगेली मगर, मगर विद्यार्थी संघ इलामका अध्यक्ष भावना खपाङ्गी मगर, नेपाल मगर संघको केन्द्रीय सदस्य प्रकाश ल्हायो मगर लगायतको उपस्थिति रहेको थियो ।

माइ नगरपालिका इलाममा सञ्चालन भएको देउसी भैलो कार्यक्रममा नृत्य प्रस्तुत गर्दे सहभागीहरु । फोटो : नेपाल मगर विद्यार्थी संघ , ईलामको फेसबुक पेज

उक्त देउसी भैलो कार्यक्रममा प्रस्तुत गरिएको नृत्यहरुको निर्देशन मिस मगर नेपाल २०२२ को फस्र्ट रनरअप भावना खपाङ्गी मगर र तेज बुर्जा मगरले गर्नुभएको र हाल आयव्ययको विवरण चाँडै सार्वजनिक गर्ने जानकारी मगर विद्यार्थी संघ इलामका उपाध्यक्ष कुसुम पुलामी मगरले जानकारी दिनुभयो ।

माइ नगरपालिका इलाममा सञ्चालन भएको देउसी भैलो कार्यक्रममा नृत्य प्रस्तुत गर्दे सहभागीहरु । फोटो ः नेपाल मगर विद्यार्थी संघ , ईलामको फेसबुक पेज
प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
314
सम्बन्धित

लोकप्रिय

लोकप्रिय