सूर्योदयका मेयर राईलाई एकिकृत समाजवादीको इलाम संयोजकको जिम्मा

इलाम । इलामस्थित नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्षमा रणबहादुर राई चयन भएका छन् ।

सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १५औं पूर्ण बैठकले राईलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । सूर्योदय नगरपालिकाको मेयरसमेत रहेका राई यसअघि जिल्ला सचिवालय सदस्य थिए । बैठकले एक सय १५ सदस्यीय आयोजक कमिटी गठन गरेको हो ।

पार्टीको जिल्ला अध्यक्ष रहेका भक्त केसी केन्द्रीय सदस्य निर्वाचित भएपछि आयोजक कमिटीमा राई चयन भएका हुन् ।

जिल्ला कमिटी अध्यक्ष केसीको अध्यक्षता तथा केन्द्रीय सचिव बलदेव चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा केन्द्रीय पोलिटब्युरो सदस्यद्वय धर्मराज निरौला र खिनु लङ्वा लिम्बू, केन्द्रीय अनुशासन आयोग सदस्य राजकुमार राई, केन्द्रीय सल्लाहकार परिषद् सदस्य लालबहादुर सुब्बालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
418
सम्बन्धित

लोकप्रिय

लोकप्रिय