काठमाडौं । माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी सनम मुलगुठीले रजत पदक जितेकी छिन्।
च्याम्पियनसिपमा सनमले शनिवार स्विम सुट इभेन्टमा रजत पदक आफ्नो नाममा लेखाएकी हुन् । यो स्पर्धामा १९ जनाले दाबेदारी प्रस्तुत गरेका थिए।
सनमले नेपालमा सम्पन्न ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। सनमले आजै मोडल फिजिक्समा पनि प्रतिस्पर्धा गर्नेछिन्।
रुजेश शाही र रजनी श्रेष्ठले मिक्स पियरमा सहभागिता जनाउनेछन। आज ललित धिमाल र रजिन आचार्यले आ-आफ्नो विधामा प्रतिस्पर्धा गरेपनि पहिलो चरणबाट बाहिरिए।
नेपालका लागि शुक्रवार रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले रजत पदक जितेका थिए। जारी च्याम्पियनसिपमा ४१ राष्ट्रका ३ सय खेलाडीको सहभागिता रहेको छ। नेपालको तर्फबाट ६ खेलाडीले भाग लिएका छन्।