झापा । भारतबाट मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउँदा फेरि एकजना पक्राउ परेका छन् ।
आज दिउँसो ३:३० बजे पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी रिक्सामा नेपालतर्फ आउँदै गरेका भारतको सिक्किम, सिंगेथान ठेगाना भई हाल मोरङ पथरी शनिश्चरे नगरपालिका- ८ बस्ने २१ वर्षीय विक्रम क्षेत्रीलाई लागू औषधसहित पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा प्लास्टिकमा पोका पारी मलद्वारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
प्लास्टिकसहित १० ग्राम ७९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिई क्षेत्रीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।