झापाको गोल्धापमा क्लिनिकको शौचालयभित्र शिशुको शव फेला

बिर्तामोड । झापा हल्दिवारी–१ गोल्धापस्थित नेपाल क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको छ । प्रहरीका अनुसार आज साँझ शिशुको शव निकालिएको हो ।

सरसफाईका क्रममा शौचालयभित्र बच्चाको टाउँको देखिएपछि प्रहरीलाई खवर गरिएको थियो । प्रहरीले शौचालय फुटाएर बच्चा निकालेको बताइएको छ । बच्चा कस्ले फालेको हो भन्ने बारे प्रहरीले अनुसन्धान थालेको छ ।

दिउँसो क्लिनिकमा पेट दुख्यो भन्दै एक महिला आएकी रहिछन्, एक स्थानीयले भने– पेट दुखेको औषधि खाएर शौचालय गएकी थिइन् । पछि अलि ठिक भयो भन्दै अटोमा हिडेको स्थानीयको भनाई छ ।

सीसी क्यामेराबाट हेर्दा अनुहार चिन्न सकिएन । प्रहरीले अटोको नम्बरका आधारमा महिलाको खोजी सुरु गरेको छ । शौचालय सरसफाईको क्रममा पानी जमेपछि निकासको प्रयासको गर्दा बच्चाको टाउँको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
188
सम्बन्धित

लोकप्रिय

लोकप्रिय