सहयोगी नेपालको समन्वयमा सिटिइभिटि छात्रवृत्ति कोटामा छनोट भएकाहरुलाई सम्मान

झापा । सिटिइभिटिद्वारा संचालित डिप्लोमा तथा प्रि.डिप्लोमा तहको छात्रवृत्ति कोटामा छनोट भएका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरुलाई सम्मान गरिएको छ । झापाको सहयोगी नेपाल संस्थाको आयोजनामा शैक्षिक सत्र २०८१/८२ का लागि छनोट भएका विभिन्न जिल्लाका विभिन्न पालिकाका ३४ जना बिद्यार्थी तथा उनीहरुका अभिभावकहरुलाई बिहिबार बधाई ज्ञापनसहित सम्मान गरिएको हो ।

नेपाल सरकारको आर्थिक बर्ष २०८१/८२ को बजेट व्यवस्थापनमा निःशुल्क अध्ययनका लागि छनोट भएका बिद्यार्थीहरुलाई संस्थाले कोशी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

सहयोगी नेपालका अध्यक्ष डिएल राजवंशी

झापा, इलाम, पाँचथर, ताप्लेजुङसहित पूर्वका १२ जिल्लाका ७९ पालिकाबाट प्रशिक्षार्थीहरुलाई सिटिइभिटि परिक्षाको छनोटका लागि सहयोगी नेपालले समन्वय गरेको थियो । संस्थाको समन्वयमा सिटिइभिटिको छनोट परिक्षा दिएका १ सय ४५ जना मध्ये ३४ जना नाम निकाल्न सफल भएको र उनीहरुलाई संस्थाले सम्मान गरेको सहयोगी नेपालका अध्यक्ष डिएल राजवंशीले जानकारी दिनुभयो ।

झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको सहयोगी नेपालले स्थानीय तह तथा वडा कार्यालयमा समन्वय गर्ने, प्रशिक्षार्थीहरुका लागि सुचना प्रवाह गर्ने, फारम भर्ने, तयारी कक्षा संचालन गर्ने लगायतका कार्यमा समन्वय गरेको अध्यक्ष राजवंशीले बताउनुभयो । उहाँले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले बिद्यार्थीहरुको लागि सेवा भावले समन्वय गरेको जानकारी दिनुभयो ।

संस्थाको सहजिकरणमा छनोट भएका प्रशिक्षार्थीहरुले सिटिइभिटिले संचालन गर्ने सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्निसियन, आईटी, भेटनरी, बाली विज्ञान, होटल म्यानेजमेन्ट, बाल सहजकर्ता लगायतका विभिन्न ११ वटा बिषयमा अध्ययन गर्ने छन् । उनीहरुको अध्ययन खर्च सरकारले बेर्होनेछ ।

मेचीनगरको त्रिदेव क्याम्पसको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, संविधानसभाका सदस्य तथा नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरी, सहयोगी नेपालका अध्यक्ष डिएल राजवंशी, उपाध्यक्ष डम्बर बहादुर गौतम, अजुनधारा ४ का वडा अध्यक्ष अमरबहादुर कटुवाल, मेचीनगर ४ का वडा अध्यक्ष अर्जुन कार्की, माई नगरपालिकका वडा नम्बर ३ का वडाअध्यक्ष देवकुमार तामाङ, ५ का वडाअध्यक्ष भुपेन्द्र मगर लगायतले प्रशिक्षार्थी र उनीहरुको अभिभावकलाई सम्मान गर्नुभएको थियो ।

सहयोगी नेपालका कोषाध्यक्ष राजकुमार राजवंशी

कार्यक्रमको संचालन सहयोगी नेपालका कोषाध्यक्ष राजकुमार राजवंशीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
406
सम्बन्धित

लोकप्रिय

लोकप्रिय