पाथीभरा मन्दिरमा केबलकार निर्माणलाई लिएर दुई पक्ष बिच झडप

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केबलकार बनाउने विषयमा झडप भएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० काफ्लेपाटीमा स्थानीयबीच झडप भएको हो । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममाका बीचमा झडप भएको हो ।

दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । केवलकार निर्माण भए प्राकृतिक स्वरुप बिग्रने भन्दै केहीले निर्माणको विरोध गर्दै आएका छन् ।

पाथीभरा लिम्बूहरुको मुन्धुमीस्थल भएकाले निर्माण गर्न नहुने भन्दै केही पहिचान पक्षधरहरुले केबलकारको बिरोध गर्दै आएका छन् । आज निर्माण सामग्री लिएर काफ्लेपाटी जाँदै गरेको टोलीलाई केहीले रोकेपछि मजदूर र स्थानीयबीच झडपको स्थिति बनेको हो।

तस्वीर : हेमराज निरौला/ ताप्लेजुङ

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केवलकार निर्माणका लागि सरकारले अनुमति दिएको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर पुग्न पैदलयात्रीले जाँदा र फर्किंदा १० किलोमिटर हिड्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
944
सम्बन्धित

लोकप्रिय

लोकप्रिय