तास खेलिरहेको अवस्थामा शिवसताक्षीबाट १८ जना पक्राउ

बिर्तामोड । झापाको शिवसताक्षीमा ठुलो रकममा तास खेलिरहेका १८ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुलाई आज बिहान ०१ः३० बजे शिवसताक्षी–११ नहरचोकस्थित चन्द्रमणि रिमालको घरबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट नगद चार लाख ५४ हजार ५०० रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ६२ वर्षीय चन्द्रमणि रिमाल, ३३ वर्षीय मुकेश राउत, ४५ वर्षीय राजेन्द्र बास्कोटा, २४ वर्षीय सेवराज राजवंशी, ५४ वर्षीय छत्रबहादुर सोडारी, ४८ वर्षीय लोकनाथ दुलाल, ४९ वर्षीय दिपेन्द्र घिमिरे, ३३ वर्षीय निरज दुलाल छन् ।

त्यस्तै, ३६ वर्षीय रुपनारायण साहा, ६१ वर्षीय मणि खड्का, ३२ वर्षीय राजु दर्जी, ५१ वर्षीय तुला सुब्बा, ६९ वर्षीय सीताराम कार्की, ४३ वर्षीय खडीबहादुर श्रेष्ठ, ४७ वर्षीय राजेन्द्र बुबर, ३५ वर्षीय मनोज साहा, ५६ वर्षीय मोहनप्रसाद दुलाल र ४७ वर्षीय हरि राजवंशी छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
310
सम्बन्धित

लोकप्रिय

लोकप्रिय