चितवनमा बस र हायस ठक्कर खाँदा चार जनाको मृत्यु

काठमाडौँ । चितवनमा बस र माइक्रोबस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ। भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किका हुन्।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एकापसमा ठक्किएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा मृत्यु हुने सबैको पहिचान हुन सकेको छैन। गोर्खा आरुघाट–१ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
494
सम्बन्धित

लोकप्रिय

लोकप्रिय