१९ औं जोरमाई कपको उपाधि अर्जुनधाराको गेरबाबा एफसीलाई

झापा। जोरमाई युवा क्लवको आयोजनामा झापा गाउँपालिकामा संचालित १९औं जोरमाई कप फुटबल प्रतियोगिताको उपाधि गेरबाबा एफसी अर्जुनधाराले जितेको छ । बिहिबार भएको फाइनल खेलमा आयोजक जोरमाई युवा क्लवलाई ४–० गोलको अन्तरले हराउँदै गेरबाबाले उपाधि जितेको हो ।

खेलको पहिलो हाफको १० औं मिनेटमा गेरबाबा एफसीका संजय धिमालले पहिलो गोल गरेका थिए । त्यसैगरी गेरबाबा एफसीका बुद्ध चौधरीले दोस्रो हाफको ९ औ मिनेटमा अर्को गोल गरी टीमलाई अग्रता दिएका थिए । दोस्रो हाफको २८ र ३० औं मिनेटमा संजय धिमालले थप दुई गोल गरी टीमलाई शानदार जित दिलाएका हुन् ।

विजेता टिमले ६५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेताले ३५ हजार नगद, ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ द म्याच र सर्वाधिक गोलकर्ता गेरबाबा एफसीका संजय धिमाल घोषित भए । उनले खेलमा ४ गोल गरे । प्रतियोगितामा सर्वाधिक गोलकर्ता धिमाल, उत्कृष्ट गोलरक्षक गेरबाबाका संजय लिम्बू, उत्कृष्ट डिफेन्डर गेरबाबाकै मिलन मेचेलाई जनही तीन हजार नगद, मेडल, प्रमाणपत्र र उत्कृष्ट खेलाडी आयोजकका मनोज राईलाई नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा ए र वी समुह गरी आयोजकसहित ८ वटा टीमले भाग लिएका थिए । प्रतियोगिता कात्तिक १४ गतेदेखि शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
514
सम्बन्धित

लोकप्रिय

लोकप्रिय