छठ ब्रतालुले अस्ताउँदो सूर्यलाई दिए अर्घ्य

झापा । छठ पर्वको मुख्य दिन ब्रतालुहरुले आज साँझ जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका छन् ।झापाका विभिन्न नदी , खोला र पोखरीहरुमा बनाएको घाटहरुमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका हुन् ।

छठका प्रसादहरु ठकुवा, केरा, भुस्वा, मिठाई, उखु, अदुवालगायतका प्रसाद पालै पालो पानीमा भिजाएर ब्रतालुले पानीमा उभिएर अस्ताउँदो सूर्यलाई चढाएका छन् ।

पवित्र जलाशयमा स्नान गरी छठका प्रसाद हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । भोलि शुक्रबार बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत् रुपमा समापन हुनेछ ।

झापाको मेची , बिरिङ , निन्दा , कन्काई , अधुवा , रतुवा , देउनिया, घाग्रालगायतका नदी र खोलामा छठ पुजा गर्ने र हेर्नेको घुँइचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
305
सम्बन्धित

लोकप्रिय

लोकप्रिय