यु-१९ टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र कुवेतबीचको खेल युएईको अजमानमा नेपाली समय अनुसार आज बिहान ११:१५ बजे सुरु हुनेछ।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो। कुवेत भने पहिलो खेलमा घरेलु टोली युएइसँग १ सय ६ रनको हार भोग्न बाध्य भएको थियो।
२९ कात्तिकसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागी रहेका छन्। कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ।
पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ। ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।