छठ पूजाका लागि सजियो बिर्तामोडको विर्ताबजार

बिर्तामोड । झापाको विर्ताबजारको छठ पूजालाई आकर्षक बनाउन ५० हजारभन्दा बढी बत्ती बालेर झिलिमिली बनाइएको छ । अदुवा खोलाको किनारमा रहेको भगवानचोक निस्किने बाटोमा विद्युतीय बत्तीको झिलिमिलीले छठको रौनकलाई बढाएको छ । साँझमा त्यहाँ सेल्फी खिच्ने र टिकटक बनाउनेका भीड लागेको छ ।

नेपाल मधेसी समाज सेवा समितिले विर्ताबजारले भव्य छठ पूजाको आयोजनाका लागि बत्ती बालेको समितिका अध्यक्ष रामेश्वर मण्डलले जानकारी दिए ।

समितिले विर्ताबजारको चोकदेखि डोमालाल राजवंशी रंगशाला जाने बाटोसम्म, उत्तरतर्फ यातायात व्यवस्था कार्यालय जाने बाटोसम्म करिब ८ सय मिटर बाटोभरि बत्ती टाँगेर झिलिमिली पारेको छ ।

यस वर्ष छठ पूजाका लागि त्यहाँ २०० पन्डालअन्तर्गत ४०० व्रतालुहरुका लागि डाला तयार गरिएको गरिएको छ । आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
436
सम्बन्धित

लोकप्रिय

लोकप्रिय