छठ पर्वका लागि बिर्तामोडको कृषि थोकबाट साँढे ३७ लाखको केरा बिक्री

झापा । छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिव साँढे ३७ लाख बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि ब्रतालुहरुले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै मूल्यको केरा खरिद गरेका हुन् ।

छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्यांक सहायक माया राजवंशीले बताइन् । उनले केराको घरी ३५० देखि ९०० रुपैयाँसम्म बिक्री भएको जानकारी दिइन् ।

झापा जिल्लाको एकमात्र केरा बजार कृषि थोकमा इलामको दानावारी, महमाई, झापाको खुदुनावारी, शनिश्चरेलगायतका स्थानबाट केरा बिक्रीका लागि आउने गरेको छ । त्यहाँबाट झापाका विभिन्न ठाउँसंगै विराटनगर र काठमाडौसम्म केरा आपूर्ति हुने गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष छठ पर्वमा केराको माग बढेको छ । ब्रतालुहरुको संख्या थपिदै गएपछि केराको माग बढेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
659
सम्बन्धित

लोकप्रिय

लोकप्रिय