कोशीका कानुन मन्त्री अधिकारीद्वारा पदबाट राजीनामा

झापा । कूटनीतिक मर्यादा उलङ्घन गरेर सुटुक्क जापान जाँदा विवादमा तानिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले बुधबार पदबाट राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको राजीनामा पत्रमा उनले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

उहाँले राजीनामा पत्रमा भन्नुभएको छन्, ‘यही २०८१ सालको तिहार बिदाको समयमा मैले गरेको निजी जापान भ्रमणको सन्दर्भमा भएका केही प्रक्रियागत विषयमा उठेका प्रश्नहरूको सन्दर्भमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो विषयमा प्रश्न उठिसकेपछि म एक जिम्मेवार पार्टीको जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताको आधारबाट उक्त मन्त्रीपदबाट राजीनामा गरी नेतृत्वलाई सहयोग पुर्‍याउनु उचित ठानी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्री पदबाट राजीनामा गरेको छु ।’

 जापान जाँदा विवादमा मुछिएपछि बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्दै अधिकारीले अनुसन्धानलाई सहयोग गर्न आफूले राजीनामा गरेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
380
सम्बन्धित

लोकप्रिय

लोकप्रिय