शुक्रबारदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । आगामी शुक्रबार (२३ कात्तिक)देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । यो विमानस्थलन स्तरोन्नतिका क्रममा ट्याक्सीवे विस्तार गर्न दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने भएको छ ।

विमानस्थल दैनिक १० घण्टा बन्द गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नती गर्ने भएको हो । शुक्रबारबाट करिब ५ महिनासम्म विमानस्थल विस्तार हुने भएकोले यो अवधिमा हाल उडान गरिरहेको आन्तरिक वायुेवाको कम्तिमा ३० प्रतिशत उडान कतौती हुने भएको छन् ।

यो अवधिमा अन्तर्राष्ट्रिय उडानसमेत कटौती हुँदै छन् । प्राधिकरणले विमानस्थलको मर्मतका क्रममा वायुसेवा कम्पनीहरुलाई पोखरा र भैरहवा विमानस्थलबाट उडान गर्न आग्रह गरेको छ । शुक्रबारबाट विमानस्थल राति १० बजे बन्द हुने हुँदा सो भन्दा १५ मिनेट अगाडि नै यात्रुलाई चेकइन गरिसक्न पनि आन्तरिक वायुसेवा कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले बताएको छ ।

संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेरै भनेको छ ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले यही आउँदो मिति २०८१ कार्तिक २३ गते देखि करिब ५ महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न लागेका कारण साविकको उडान समय घटाई बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्न ‘नोटिस टु एयर म्यान (नोटाम) जारी गरिएको छ।’

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
419
सम्बन्धित

लोकप्रिय

लोकप्रिय